‘जमाना चाहिदैन’
ओछ्यानबाट तारा देख्ने छाना चाहिदैन।
सस्कृति भड्काउने जमाना चाहिदैन।
छाक टार्छु झिकि आफ्नै अन्न मजदूरीको,
पिज्जा , मासु सुकुटीका चाना चाहिदैन।
गाउँछु लोक भाखा अनि नाच्छु छमछमी,
हिप-पप, र्याप, अत्याधुनिक गाना चाहिदैन।
सुरक्षा र न्याय सबलाइ चाहिन्छ बराबर,
लुटेरा पुज्ने , निर्दोष थुन्ने थाना चाहिदैन।
साडी, चोलो , शिरबन्दी पहिरन सुहाउँदो ,
लाज हार्ने , टुक्रा छोटा नाना चाहिदैन।
कम्मरमा छ सुर्के थैली खुकुरी – खुर्पेटो
सुन – चाँदी असर्फीको खजाना चाहिदैन।
(अम्बिका कडेल, शिक्षिका )
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
1