रिकोडको सहयोगमा बाबियोगाउँमा गाउँघर क्लिनिक सुरू


ललितपुर । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को प्राविधिक सहयोगमा देवीचौर स्वास्थ्य चैकीले आजबाट बाबियोगाउँमा गाउँघर क्लिनिक सुरू गरेको छ । हरेक महिनाको १५ गते गोदावरी नगरपालिका वडा नं ७ (साविक देवीचौर गाविस वडा नं ९ बाबियोगाउँ)मा गाउँघर क्लिनिक सञ्चालन गरिने स्वास्थ्य चौकीका इञ्चार्ज हस्तबहादुर कठायतले बताए ।

रिकोडले देवीचौरको बाबियोगाउँमा गाउँघर क्लिनिक सञ्चालनका लागि आवश्यक सामग्री स्वास्थ्य चौकीलाई उपलब्ध गराएपछि गाउँघर क्लिनिक सुरू गरिएको गोदावरी नगरपालिका-७ का वडाध्यक्ष मथुराप्रसाद शर्माले बताए । रिकोडले देवीचौरमा परियोजना सञ्चालन गरेपछि देवीचौरबासीको स्वास्थ्य र पोषण सुधारका लागि स्थानीय र सरोकारवाला थप सम्वेदनशील हुन थालेको वडाध्यक्ष शर्माको भनाइ छ । स्वास्थ्यचौकीको पहुँचमा आउन नसकेका यहाँका स्थानीय गाउँघर क्लिनिक सञ्चालन गरिएपछि लाभान्वित हुने अपेक्षा लिइएको पनि शर्माले बताए ।

रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार