कस्तो सन्तुष्टि !

अम्बिका कडेल ।

एउटा शिक्षक हतकडीमा कुटियो।
मान सम्मान इमान कमाइ लुटियो।

बिद्यार्थी नि सन्तान जस्तै होइनन र?
शिक्षक कुटेर कस्तो सन्तुष्टि दियो?

स्यावासीमा ,आशिषमा धाप हुनसक्छ,
धापमै अभिषाप भो त्यहि निहुँमा चुटियो ।

अनियन्त्रित थियो हतियार बदलाको,
पख्लास् तँलाइ जानेको छु भनेर छुट्टियो।

हत्यारा ,बलात्कारीले उन्मुक्ती पाउछ बरु,
बेकसुर ,मजबुर ज्ञानको संवाहक मुछियो।

कथा भयो विगतमा कस्तो श्रध्दा थियो।
शिक्षक कुटेर खै कस्तो सन्तुष्टि दियो।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4

सम्बन्धित समाचार