विद्यालय शिक्षा सुधारको काम स्थानीय सरकारबाटै सम्भव भएको सार्वजनिक शिक्षाका पक्षमा कार्यरत विज्ञहरुको निष्कर्श छ । संविधानतः विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भए पनि तदनुरुप कार्य हुन नसकेको सन्दर्भमा उनीहरुले यस्तो धारणा दोहोर्याएका हुन् ।
शिक्षा पत्रकार समूहले गरेको अन्र्तकृयामा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले संविधानले नै स्थानीय सरकारलाई दिएको शिक्षाका अधिकार काट्न थुप्रै मान्छे सक्रीय रहेको बताए । यस तर्फ जनप्रतिनिधिहरुले बेलैमा ध्यान नदिए खैरियत नभएको उनले चेतावनी दिए । संविधानले दिएको अधिकार कार्यान्वयन गर्न शिक्षकका नेताहरुले पालिकाको खुट्टा काटेको उनको आरोप छ । त्यसैले दुई पक्षबिच सम्वाद विना सही निष्कर्शमा नपुग्ने उनले सुझाव दिए ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1