बहुप्रतिक्षित संघीय शिक्षा ऐन मन्त्रीपरिषद्ले स्विकृत गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ऐन पारित गरेको सरकारका एक मन्त्रीले बताए । यो निर्णय सँगै सदनमा ऐन दर्ता गर्ने बाटो खुलेको छ ।
संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरे पनि राजनीतिक दलहरुले संघीय शिक्षा ऐन निर्माणमा चासो नगर्दा विद्यालय शिक्षा भद्रगोल अवस्थामा चलिरहेको छ । शैक्षिक क्षेत्र सञ्चालन, अनुमगन र व्यवस्थापनका विषय अहिले अन्योलमा छन् । यसको नकारात्मक प्रभाव लाखौं बालबालिकाको शिक्षामा परिरहेको छ । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्ताे निर्णय गरिएको जानकारी दिइन् ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
3