शिक्षाको महत्व र नेपालमा शिक्षाको क्षेत्रमा देखिएका चुनौतीहरु

रविन मैनाली : शिक्षाको सन्दर्भ शुरुवात गर्दा सर्वप्रथम मलाई मेरो प्रारम्भिक विद्यालय शिक्षाको अनमोल यादआयो जहाँ मैले अविरल रुपमा कक्षा १ देखी १० सम्म अध्ययन गरे । जीवनको पहिलो खुड्किलाको रुपमा अध्ययन गरेको श्री पञ्चकन्या मा वि रोशी १० वाल्टिङ, काभ्रे र पहिलो पटक अध्यापन गरेको श्री विन्ध्यवासिनी मा वि रोशी ९ मंगलटार, काभ्रे र उच्च शिक्षाको रुपमा महेन्द्र रत्न क्याम्पस ताहाचल , काठमान्डौ र चैतन्य क्याम्पस बनेपा मेरो मनसपटलमा आज पनि अनुपम, अविश्मरणीय क्षणको रुपमा मैले अनुभुत गरिरहेको छु ।

मानव जातिको तेस्रो चम्किलो आँखाको रुपमा रहेको, कहिल्यै पनि ननासिने,अजर,अमर,भूत,वर्तमान र भविश्यत् तीनै कालमा भौतिक र आध्यात्मिक दुवै पक्षलाई जोड्ने महत्वपूर्ण कडीका रुपमा शिक्षाको महत्व रहेको हुन्छ । शिक्षा मानव जीवनको आभुषण वा गहना हो जसका अगाडी आमाले दिने सुख पनि कम हुन्छ । जीवनको जति मुल्य छ, त्यति नै शिक्षाको मूल्य रहेको हुन्छ । शिक्षा विनाको जीवन एउटा दृष्टि बिहिन जीवन जस्तै हुन्छ । उनीहरु सवै कुराबाट पूर्ण भएर पनि संसार देख्न सकिरहेका हुदैनन् । यसरी शिक्षा विनाको जीवन अपूर्ण र अन्धो हुने तथ्य सबैका सामु घाम झै छर्लङ्ग रहेको छ ।

शिक्षा सिक्ने र सिकाउने पवित्र कार्य भएकाले यो मानिसले कोक्रोदेखी शुरु भएर चिहान सम्म निरन्तर रुपमा हासील गरि रहेको हुन्छ र कहिल्यै पनि पूर्ण रुपमा ग्रहण गर्न सकिदैन । यो निरन्तर बगिरहने नदीका रुपमा रहेको हुन्छ । शिक्षाले मानिसलाई विवेकी,असल,आदर्श, क्षमतावान,लगनशील,इमान्दार र सभ्य नागरिक बनाउने, राष्ट र समाजमा सामाजिक न्याय कायम गरी समातामुलक समाजको निर्माण गर्ने, आर्थिक सामाजिक रुपान्तरण मार्फत समुन्नत र समृद्ध समाजको निर्माण गर्छ ।

शिक्षालाई सम्भव भएसम्म गुणस्तरिय,प्रतिस्पर्धी एवं व्यवसायिक र प्राविधिक बनाउनु आजको आवश्यकता हो । यसका लागी मुलुकको माटो सुहाउदो,वैज्ञानिक,रोजगारमुलक र पहुँच योग्य शिक्षा प्रणालीको अवलम्बन गर्न ढिलाई भइसकेको छ । कतिपय समाज अझै पनि शिक्षाको उज्यालो घामबाट वञ्चितीकरणमा परेको देखिएकाले उनीहरुको पहुँच शिक्षामा बनाउनु राज्यको रहेको छ । शिक्षामा राज्यले उच्च प्राथमिकता दिने, त्यस अनुसारका नीति बनाउने र शिक्षामा देखिएको व्यापारीकरण बन्द गर्ने, एउटै मुलुकमा दुई किसिमका शिक्षा दिने प्रवृत्तिको अन्त्य गर्ने नीतिको प्रभावकारी र व्यवहारीक कार्यान्वयन गर्नु अपरिहार्य रहेको छ ।

शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरु ः

१. विद्यालय शिक्षाको सर्वसुलभता, उपयुक्त पूर्वाधार विकास, गुणस्तर सुनिश्चितता सहित सार्वजनिक शिक्षाप्रतिको आर्कषण अभिवृद्धि गर्नु ।

२. विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान तथा पुर्नवितरण गर्नु ।

३. शिक्षा क्षेत्रमा सुशासन र उत्तरदायित्व अभिवृद्धि गर्नु ।

४. प्राविधिक उच्च शिक्षाको अवसर विस्तार गर्दै ज्ञान र प्रविधिमा आधारित डिजिटल समाजको निर्माण गर्नु ।

५. निजामती कर्मचारी सरह शिक्षकलाई सुविधा दिदै संघिय शिक्षा ऐन जारी गर्नु ।

६. १७ थरीका शिक्षकलाई एउटै शिक्षकका रुपमा रुपान्तरण गर्नु ।

७. खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापक छनौट गरी शिक्षामा शुसाशन कायम गर्नु ।

८. शिक्षालाई नाफामुलक नभइ सेवामुलक बनाउदै व्यापारीकरणको अन्त्य गर्ने ।

समग्र शिक्षा जीवनलाई अर्थपूर्ण बनाउने विद्यालय भएकाले राज्यले उच्च प्राथमिकता दिई यसको प्राप्तिमा देखिएको चुनौतीहरुको उचित व्यवस्थापन गर्नका लागी सबैसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नु जरुरी देखिन्छ ।

श्री सिम्पालेश्वरी मा वि ईन्द्रावती १ सिन्धुपाल्चोक (पद : प्रा.शि. शिक्षक (स्थायी ), स्थायी ठेगाना : महालक्ष्मी ८ ललितपुर, शिक्षण अनुभव : १३ वर्ष

                      

   

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
5

सम्बन्धित समाचार