रिकोडद्वारा बुरुञ्चुलीका किसानलाई तरकारीको बिउबिजन वितरण

ललितपुर । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)ले भदौ १९ गते गोदावरी नगरपालिका वडा नं ७ साविक देवीचौर गाविस वडा नं १ बुरुञ्चुलीमा २१ जना किसानलाई करेसाबारीमा लगाउनका लागि तरकारीको बिउबिजन वितरण गरेको छ । रिकोडले देवीचौरमा सञ्चालन गरेको खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तर्गत किसानलाई पोषणयुक्त खानेकुरामा अभ्यस्त गराउने उद्देश्यले बिउबिजन वितरण गरिएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले बताइन् । रिकोडमा कार्यरत जेटिए सुशीला नगरकोटीले करेसाबारी उपयोग र बिउबिजन लगाउँदा अपनाउनु पर्ने सावधानीका बारेमा तालिम दिएकी थिइन् । रिकोडले ब्रो काउली, चुकन्दर, मुला, रायो, सलगम, प्याज, गाजर, पालुङ्गो, मेथी, केराउ, स्वीस सागऽ जिरीको सागलगायतका तरकारीको बिउ वितरण गरेको सहजकर्ता तिमल्सिनाले बताइन् । रिकोडको संयोजनमा यसअघि लामीडाँडा, देउराली, सारङ्गीडाँडा, देवीचौर, छोटीडाँडा , बाबियोगाउँ, जौबारी, गहुँबारी, माथिल्लो बुरुञ्चुली र मोतीडाँडाका आमा समूहमा आबद्ध किसानलाई तरकारीका बिउ उपलब्ध गराएको समूहकी अध्यक्ष कान्छी वाइपाले बताइन् । तरकारीको बिउ वितरण गर्दै गोदावरी नगरपालिका वडा नं ७ का अध्यक्ष मथुराप्रसाद शर्माले खाद्य सुरक्षा र पोषण सुधारका लागि रिकोडले यहाँका किसानलाई जागरुक बनाएको बताए । उनले रिकोड र यसमा कार्यरत सहजकर्ताको दिनहुँको प्रयासबाट केही सकारात्मक नतिजाहरू देखिन लागेको समेत उल्लेख गरे । कृषक रुपा तामाङले रिकोडले उपलब्ध गराएको तरकारीको बिउ करेसाबारीमा लगाउने बताउँदै आगामी दिनमा पोषणयुक्त र गाउँघरमै पाइने खानेकुरामा जोड दिने बताइन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार