रिकोडद्वारा छोटीडाँडामा अन्तरक्रिया गरी पोषण सप्ताह मनाइयो

ललितपुर। गोदावरी नगरपालिका–७ देवीचौरको छोटीडाँडामा पोषणको आवश्यकता, महत्व र पोषणको स्रोतका बारेमा अन्तरक्रिया गरी पोषण सप्ताह मनाइयो । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा स्थानीय महिला र स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्य चौकीका प्रमुखको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा छोटीडाँडामा सञ्चालित नगर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी कृपा सुनारले कूपोषणका कारण स्वास्थ्यमा पर्ने असरबारे जानकारी दिएकी थिइन् कार्यक्रममा स्वास्थ्य चौकीका इञ्चार्ज हस्तबहादुर कठायतले पोषणको आवश्यकता, महत्व र पोषणको स्रोतका बारेमा सहभागीसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा रिकोडकी देवीचौर समुदाय सहजकर्ता गीता तिमल्सिनाले स्थानीय स्तरमा नै पाइने खाद्य सामग्री र पोषणका बारेमा जानकारी दिएकी थिइन् । पोषणसँगै सरसफाईमा ध्यान दिनु पर्नेमा तिमल्सिनाले जोड दिइन् । एक अध्ययन अनुसार पाँच वर्ष मुनिका बालबालिकामा ३६ प्रतिशत पुड्कोपन, २७ प्रतिशत कम तौल र १० प्रतिशत ख्याउटेपन रहेको छ । यि सबै समस्या पोषणको कमीका कारण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कार्यक्रममा ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो । रिकोडले पोषण सुधार र खाद्य सुरक्षाका लागि गोदावरी नगरपालिकाको देवीचौरमा काम गर्दै आएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार