श्री बिन्ध्यबासिनी माध्यमिक विद्यालय रोशी ९ रजबासले ५९ औं राष्ट्रिय बाल दिवस भव्यताको साथ मनाएको छ । “बालबालिकामा लगानी, सुनिश्चित भविश्यको थालनी” भन्ने राष्ट्रव्यापी मुल नाराको साथ विविध कार्यक्रम गरि बाल दिवस मनाएको हो । बाल प्रतिभा प्रदर्शन अन्तरगत बाल गीत, बाल नृत्य, बाल सृजना तथा बाल अधिकार सम्बन्धी नाटकको समेत प्रस्तुती भयो । विद्यालयमा यस शैक्षिक सत्रको बैशाखदेखी हालसम्म सन्चालन भएको अतिरिक्त क्रियाकलाप अन्तरगतको विभिन्न विधामा सफल विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरियो ।
यसै गरि यस विद्यालयमा रहेको सुनगाभा बालक्लबले विगतमा झै बालकक्षादेखि ५ कक्षा सम्मका बालबालिकाहरुलाइ सरसफाइको सामग्री वितरण गरियो । विद्यालयको सहायक प्र.अ. तिलकराज न्युरेको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा गाउँपालिका स्तरिय बाल संरक्षण समिति रोशीको सदस्य साधुराम राना मगरको आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयको शिक्षकहरुबाट स्वागत एवम शुभकामना मन्तब्य समेत राख्नु भएको थियो । त्यसैगरी अतिथिबाट मन्तब्यको क्रममा बाल अधिकार र बालदिवस तथा बाल कर्तब्यको बारेमा मन्तब्य राख्नु हुँदै बालबालिकाको क्षेत्रमा नेपाल सरकार तथा स्थानीय सरकारबाट बालबालिकाको चौतर्फी विकासको लागि प्रत्यक्षरुपमा बजेटको ब्यबस्था हुनुपर्ने कुराम जोड दिनुभयो । बालबालिकाले आफ्नो अधिकार खोज्ने मात्र नभइ ब्यक्तिगत तथा सामाजिक कर्तब्यको समेत बोध गर्नु पर्ने बताउनु भयो । कार्यक्रमको सन्चालन सुनगाभा बालक्लबको सचिब सारा तामाङ र विद्यार्थी रोसन शाहले गर्नुभएको थियो ।