श्रदय गुरू
म अलिकति छाडा भएर
अझ प्रष्ट भन्दा म गतिछाडा भएर
हजुरले दिनुभएको गृहकार्य नगर्दा
हात थाप भन्दै बाँसको सिर्कानोले डाम बस्ने गरी हिर्काउनु भएको
कुखुरा बन भन्दै आधा घण्टा टाङमुनिबाट हात छिराएर कान समात्न लगाउनु भएको
दुई हातले गतिम्लो ढुङगा टाउको माथि उचालेर
मैले होमवर्क नगरेको है भन्दै कक्षा कक्षामा सुनाउदै सुनाउदै डुल्न लगाएको
कक्षामा हजुर पढाउदै गर्दा सानो छिसिक्क हल्लामा पनि
टाउको फुटने गरी डस्टरले प…रै बाट हान्नु भएको
लेख्दा लेख्दैको त्यो चकले आँखा फुटने गरी हान्नु भएको
म बल्ल बुझि रहेछु ।
बाँसको त्यो सिर्कानो र त्यो निलडाम
सिर्कानो मात्र रहेनछ,भाग्य लेखाउने असली कलम अनि मसी रहेछ
कुखुरा बनाइएको मात्र दण्ड रहेनछ
त्यो त मान्छे त्यो पनि असल मान्छे बनाइनु रहेछ
ढुङ्गा बोकाउनु भएको ढुङगा बोक्नु मात्र रहेनछ
ठूलो जिम्मेवारी बोक्ने अभ्यास पो गराउनु भएको रहेछ ।
प…रै बाट डस्टरले हानेर टाउको फुटाउनु भएको,मात्र त्यो रहेनछ
दीव्य ज्ञानको मूल फुटाउनु भएको रहेछ
बस! यति बुझ्न दुई दशक बितेछ ।
प्रीय सर !
अहिले मेरा छोराछोरी नि पढछन
तर यीनिहरु
चक,डस्टर,ब्ल्याकबोर्ड र दुई खुट्टे चुइँकने बेञ्च बुझ्दैनन्
यीनिहरुले स्कूलमा कहिल्यै कुखुरा बन्न पाएनन्
सिर्कानो त देख्न त पाएनन्,खाने कुरा त कल्पना सम्म रहेन
यीनिहरुको जुग,सबैका मया पाउने जुग रहेछ ।
उ बेला हेड सर भने पछि र देखे पछि
तीन दिन सम्म मुटु ठाउँमा रहन्न थ्यो
आजकाल मेरा छोराछोरी
हेड सर संग खुब जिस्कि पठाउछन् ।
छिसिक्क कुटाइ खादैनन्
पल्लाघरे छोरालाई एक दिन म्याथ टिचरले छ्यास्स छोएछन
बा गएर म्याथ टिचरको धन्न जागिर उडाएनन् ।
त्यसरी सबका मयाका बिच पढाएका मेरा छोराछोरी
न जागिरे भए न जागिर खान मन लाउछन्
न परिश्रमी छन न त जाँगरिलो नै
न तेज छन,न फूर्तिला ।
तर
डरै डर बिच पढेका हामेरुका
गाली खादै पढेका हामेरुका
भरसक सानै भएनि जागिर छ
पेशा व्यवसाय धानेकै छम्
ठूला बडा र स्यानालाई मया गरेकै छम् ।
हामी देशमै रमाउने कुरा गर्छ
यीनिहरु हर पटक देश छाडने कुरा गर्छन् ।
आजकल
यो के भै रहेछ
त्यसैले प्रीय गुरु…!
यो अचम्मित समय हेरेर म हजुरलाई सम्झन्छु ।
सम्झि रहन्छु ।
खास कुरो समय बिग्रिएको कि हामी…?
Birendra Gyaba Tamang