खाणको बचाउमा कांग्रेस केन्द्रीय समितिमा देउवा पक्षको ‘चर्को स्वर’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिकांश केन्द्रीय सदस्यले जेल परेका बालकृष्ण खाणको बचाउ गरेका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई संगठित अपराध गरेको अभियोग लागेका पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य खाण केही समयदेखि केन्द्रीय कारागार सुन्धारामा छन्।

प्रहरीले वैशाख २७ गते खाणलाई निवासबाटै पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार