प्रदेशको नाम कोशी राखिएको प्रति असन्तुष्ट संघ–संस्था एवं राजनीतिक दलहरूले ‘निर्णायक आन्दोलन’ को तयारी भन्दै संयुक्त युवा दस्ता बनाइरहेको छ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ लगायत सामाजिक संस्था र पहिचानलाई एजेण्डा बनाइरहेका दलहरूले संयुक्त दस्ता निर्माण गरिरहेको हो ।
‘हामीले त्यो दस्ताको नाम ‘पहिचानका लागि युवा’ राखेका छौं । जिल्ला–जिल्लामा बनिरहेको यो दस्ताले स्वयंसेवकको काम गर्नेछ’ यसका केन्द्रीय सदस्य सचिव साहस राई भन्छन् । यो संयुक्त दस्ताको संयोजक भीम राई छन् । यायोक्खाका तर्फबाट उनी संयोजक रहेका हुन् । बाँकी संस्थाहरूबाट सह–संयोजकहरू तोकिएका छन् ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1